हर्सो उल्लासका साथ वड्की अत्तवार पर्व रुपन्देहीमा मनाइयो ।

अनिता चौधरी,,
रुपन्देही:= रुपन्देहीको सैनामैना–८ भडछामा “वड्की अत्तवार” अन्नत पर्व २०६७ मनाइएको छ । रुपन्देहीमै पहिलो पटक थारु काल्यणकारिणी सभा सैनामैना नगर समितको आयोजनामा आईताबार एक कार्यक्रम गरी वड्की अत्तवार मनाइएको हो । थारु भेषभुषामा सजिएर आएका युवती तथा महिलाहरुले विभिन्न थारु समुदायको गित तथा संगितमा नृत्य प्रदर्शन गर्दै हर्सो उल्लासका साथ वड्की अत्तवार पर्व रुपन्देहीमा मनाएका हुन् ।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले थारु संस्कार र संस्कृतिको जगेर्ना गर्न आग्रह गर्दै नयाँ पुस्तामा शिक्षाको पहुँच वढाउन आवश्यक भएको बताए । उनले थारु पर्वलाई एकरुपता ल्याउन थारु बुद्धिजिवी, पत्रकार लगायत थारु बौद्धिक विच बहास र छलफल कार्यक्रम हुन आवश्यक रहेको बताए । उनले थारु समुदायमा भाषा, धर्म, चाड पर्वहरुमा पनि एकरुपता हुन नसक्दा थारु समुदायको पर्वहरु पनि ओझेलमा परेको प्रतिक्रिया समेत दिए । उनले थारु संस्कृतिको संरक्षण सँगै अब थारु समुदाय हरेक क्षेत्रमा अगाडी बढ्न आवश्य रहेको बताए ।
त्यस्तै कार्यक्रममा प्रदेशसभाका सदस्य पुष्पा चौधरीले हरेक क्षेत्रमा थारु समुदाय पछि परेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकतामा राखेर अधिकार प्राप्तीका लागि राजनीतिमा आउन आग्रह गरिन ।

थारु कल्याणकारी सभाका केन्द्रिय उप सभापति देवी प्रसाद चौधरी, कल्याणकारीसभाका पार्षद द्वय रामवली चौधरी, खुशिराम चौधरी लगायतका थारु अगुवाले वोल्दै सस्कार र सस्कृतिको जर्गेना सँगसँगै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन जोड दिए। कार्यक्रम थारु कल्याणकारिणी सभा सैनामैना नगरकमिटीका अध्यक्ष दुल बहादुर थारुको अध्यक्षता तथा प्रदेश नं ५ का भौतिक योजना तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
“वड्की अत्तवार” पर्व गत आईतवार बाँके, बर्दिया र दाङमा मनाइएको थियो भने रुपन्देही, कपिलवस्तु र परासी लगायतका जिल्लाहरुमा २२ गतेका दिन धुमधामका साथ मनाइएको छ । यस पर्वलाई थारु समुदायको महत्वपूर्ण पर्वको रुपमा समेत लिने गरिन्छ।