नेपाल् माझी उत्थान संघ मलेसियामा गठन/अध्यक्षमा चन्द्र बहादुर माझी ।

क्वालालम्पुर (मलेसिया):= नेपाल् माझी उत्थान संघ मलेसियाको प्रथम अधिबेशन तथा संस्था स्थापना कार्यक्रम आईतवार सप्पन्न भएको छ ।

चन्द्र बहादुर माझीको सभापतित्वमा आयोजना गरिएको उक्त अधिबेशनले माझी समुदायका युवाहरु एकजुट भएर नेपाल् लगायत अरु देशमा जस्तै मलेसियामा समेत संस्था गठन गरेको सो कार्यक्रममा उपस्थित सहकर्मी कृष्ण गुप्ताले जानकारी गराउनु भयो ।

नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको महासचिव सविन लोप्चन तामाङको प्रमुख आतिथ्यता तथा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको विशेष उपस्थितिमा यहाँ रहेका अरु जातिय समाजिक संघसंस्थाहरु जस्तै माझी समुदायको उत्थान र परम्परा,संस्कृति सम्बर्द्धन,संरक्षण , देश भन्दा बाहिर बिदेशमा समेत आफ्नो पहिचानलाई चिनाउने र यहाँ छरिएर रहेका माझी समुदाय लाई एकक्षुत्रमा बाध्ने लक्ष्य सहित माझी उत्थान संघ मलेसियाको स्थापना गरिएको कार्यक्रमका सभापति चन्द्र बहादुर माझीको भनाई रहेको थियो । साथै उहाँले यहाँ मलेसियामा जतिपनी माझी समुदायका युवा,युवतीहरु रोजगारीको सिलसिलामा कार्यरत हुनुहुन्छ सबैलाई एकजुट भैई संस्थामा आवद्ध हुन आह्वान समेत गर्नु भयो ।

नव गठित माझी उत्थान संघ मलेसियाको कार्यसमिती नमावली निम्न प्रकारको रहेको छ ।
अध्यक्ष :- चन्द्र बहादुर माझी
उपाध्यक्ष :- लक्ष्मण बहादुर माझी
महासचिव :- श्याम बहादुर माझी
सचीव :- अनिल माझी
कोषाध्यक्ष :- अभिषेक माझी
सदस्य :- दिपक माझी , सन्जिव माझी , मदक बहादुर माझी लगायतको रहनु भएको छ ।