बिकासमा राजनितिकरण होईन् समान्ता र समन्वयको आवश्यक: राज्यमन्त्रि रामकुमारी चौधरी

सुनिल चौधरी,,
झुम्का:= रामधुनी नगरको झुम्का स्थित कृषि प्रवद्र्धनकालागी निर्माण गरीएको कृषि बजार मंगलवार उद्धघाटन भएको छ । कृषि तथा पशुपन्छि बिकास मन्त्रालयबाट आएको सहयोगमा निर्माण सम्पन्न पछि बिधिवत उद्धघाटनगरी सञ्चलानमा ल्याएको हो ।

कृषि तथा पशुपन्छि बिकास राज्य मन्त्रि रामकुमारी चौधरीले उद्धघाटन गर्नु भएको हो । राज्यमन्त्रि चौधरीले उद्धघाटन गर्दै कृषकहरुको स्तरउन्नतीकालागी मन्त्रालयबाट स्थानियतहको समन्बयमा योजनाहरु अगाडी सारेको बताउनु भयो । योजनामा समान्ता र सहभागीतात्मक रुपमा हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । तर बिकास योजनामा पनि राजनितिकरण भईरहेकोले राजनितिकरण चुनावको बेलमा मात्र गर्नु पर्ने सुझाव राख्नु भयो । देवानगञ्जमा कृषि बजार निर्माण गर्ने क्रम्मा सो राजनितिकरणले समस्या उत्पन्नहुदा सुझाव दिदै बिकासमा समान्ताको आबश्यक रहेको बताउनु भयो ।

झुम्का कृषि बजारकालागी मन्त्रालयबाट आएको रु ४० लाख रकम सहयोग मध्ये ठेक्का मार्फत २७ लाख ६८ हजार ५५ रुयाको लागतमा निर्माण भएको हो । उर्गिएको रु १२ लाख ३१ हजार ९ सय ४४ रुपैया पुन मन्त्रालयमा पठाएको छ । कृषि बजारमा सहयोग रकमले २ सय १० बर्ग मिटर सटर लागाएको छ भने ७ सय ७९ बर्गमिटर इन्टरलक ओछ्याएको छ । सहयोगकालागी मन्त्रालयबाट राज्य मन्त्रिले पहल गर्नु भएको थियो । पहलबाट झुम्का बजारमा पहिलो पटक मन्त्रालयले ठुलो रकम सहयोग गरेको हो ।

खर्च बिवरण सहित योजना प्रमुख हर्षलाल चौधरीले प्रस्तुत गरेका थिए । मन्त्रालयको इस्टिमेट योजना अनुसार ५ सय बर्ग मिटर मात्रै भएतामा पनि उपलब्धिमुलक कार्यगर्दै ७ सय ७९ बर्गमिटर इन्टरलक बढि लगाएको बताए । समयमै कार्य सम्पन्नगरी कृषि बजार सञ्चलनमा ल्याएको छ । यसबाट कृषि उपजको खुद्राबिक्री भई कृषिमा प्रोत्साहन मिलने योजना प्रमुख कृषि बजारको उधेश्यको बारेमा जानरी दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष महेश चौधरीले सम्पुर्ण अतिथीलाई स्वागत गरेका थिए । वडा नं. १ मा रचनात्मक कार्यकालागी मन्त्रालयबाट आएको सहयोग प्रति वडाअध्यक्ष चौधरीले खुसि ब्यक्त गरे । वडा कार्याल्यबाट पनि कृषकहरुलाई सहयोग गरीरहेको बताए । मलखाद, बिउ बिजन,तालिम अभिमुखिकरण, भ्रमण गराईरहेको जानकारी दिए ।

यसैगरी वडाअध्यक्षले मन्त्रालयबाट बधशाला र मिटमार्ट पसलमा पनि ब्यस्थितकालागी अनुरोध गरे । कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, वडा नं. ८ वडा अध्यक्ष रुद्र बस्नेत, इश्वर घिमिरे, नेकपा रामधुनी नगर अध्यक्ष राम कोईरालाले मन्तब्य दिदै कृषि बजारकालागी अझै सहयोगको आवयक्ता रहेकोले मन्त्रालयबाट पुन सहयोगको अपेक्षा गर्नु भयो।