आइतबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, भदौ १५ । साताको पहिलो दिन आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले घटेर ७२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आइतबार भने रु ४ सयले घटेर प्रति तोला ७२ हजार रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको भाउ स्थिर रहेको छ । आइतबार चाँदी ८ सय ८५ मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी प्रति तोलामा ८ सय ८५ कारोबार भएको थियो ।