प्रधानमन्त्रीको उपचारको प्रक्रिया पुरा हुन एक हप्ता लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार सुरु भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले जानकारी दिएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट मार्फत रिमालले प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा हुन एक साता लाग्ने जनाएका छन् ।