चितवन । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई आज पुनः अदालतमा पेश गरिँदैछ ।
हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।
पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।
उनीहरुलाई अझै रिहा गर्ने, हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।




















