काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण सदर चिडियाखानामा अन्य मुलुकको अवलोकनकर्ता कम मात्रमा अवलोकन गर्न आउने गरेका छन् । गत आर्थिक वर्षमा ११ लाख पर्यटक भित्रिदा ८ हजार मात्र अन्य मुलकको पर्यटक भित्रिएका थिए ।
जुद्ध शमशेर जवराको पालादेखि सुरु भएको चिडियाखाना २०१९ सालपछि मात्र नेपाल सरकारले संरक्षण दिएको हो । २०१९ साल देखि अन्य व्यक्तिलाई प्रवेश गर्ने नियम बनाइएको थियो । तर, पनि अन्य देशको पर्यटक न्युन संख्यामा आउने कोषको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ११ लाख ४५ हजार ६ सय पर्यटक भित्रिदा अन्य मुलुकको अवलोकनकर्ता ८ हजार ७ सय ४८ जनामात्रै रहेको छ । राष्ट्रियस्तरको प्राकृतिक संरक्षण सदर चिडियाखाना भएपनि जंगलका जीव जनावरलाई सबैलाई समेट्न सकेको छैन । चराहरु मात्र धेरै प्रजातिको राखिएको छ । अन्य जनावरलाई समेट्न नसकेको कारण चिडियाखानमा अन्य मुलकको पर्यटकको संख्या न्युन भएको राष्ट्रिय प्रकृती संरक्षण शिक्षा तथा सुचना अधिकारी लिना चालिसेले जानकारी दिईन् ।
उनका अनुसार ६ वर्षको तथाङकलाई हेर्ने हो भने, २०७०/७१ मा १० लाख १५ हजार ८ सय २९ भित्रिदा ५ हजार ७ सय ८५ अन्य मुलकको पयर्टक भित्रिएका हुन । त्यस्तैगरि, २०७१/७२ मा ९ लाख ३ हजार ९ सय भित्रिदा अन्य मुलकको पर्यटक ५ हजार ५४ जना, २०७२÷७३ मा ९लाख पर्यटक भित्रिदा ४ हजार १ सय २६, २०७३/७४ मा ११ लाख ५२ हजारमा ७ हजार ९ सय मात्र र अन्त्यमा २०७४ /७५ मा ११ लाख ३४ हजार पर्यटक भित्रिदा अन्य देशको ८ हजार ७ सय ३९ जना मात्र अन्य मुलको पर्यटक भित्रिएका थिए ।
उनि भन्छिन् – अन्य देशको तुलनामा नेपालको चिडियाखाना साँघुरो छ । अन्तराष्ट्रियस्तको चिडियाखानासंग जोडिन सकेको छैन् । सामान्य गाउँघरतिर सबैले देख्ने र अन्य देशमा भएका जीवहरु मात्र एकसाथ राखिएको छ । अवलोकनकर्ता धेरै भएमा केही व्यवस्थापन छैन् । विद्यार्थीको अवलोकन गर्ने स्थान मात्र बनेको छ । पर्यटक भित्राउन सक्ने आकर्षण चिडियाखाना भने बनाउन नसकेको गुनासो गरिन् ।
चिडियाखानामा अवलोकन गर्ने संख्या बढिरहेको छ । तर, पनि अन्य मुलुकको पर्यटक भने भित्राउन सकेको छैन । अन्य दिन भन्दा शनिबारको दिनमा धेरै अवलोकनको लागि आउने गरेको पाइन्छ । अन्य दिन १५ सय देखि २ हजारको हाराहारीमा हुन्छन् भने शनिबारको दिन र विद्यालयहरु छुट्टी भएको दिन करिव ३ हजार देखि लिएर १० हजार सम्म अवलोकनकर्ता आउने गरेको उनले बताईन् ।
सदर चिडियाखाना प्रवेश गर्नका लागि नेपाली नागरिक, सार्क मुलुकका नागरिक र विदेशी नागरिकलाई फरक फरक शुल्कमा प्रवेश गर्ने नियम छ । जसमा नेपाली नागरिक वयस्कलाई प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, विद्यार्थीलाई ९०, बालबालिकालाई ५० र जेष्ठ नागरिक लाई पनि टिकट शुल्क ९० राखिएको छ ।
त्यस्तै सार्क, मुलुकका नागरिक वयस्क प्रतिव्यक्ति २ सय ५० र बालबालिकालाई १ सय २५ रुपैयाँ तोकिएको छ । विदेशी नागरिक वयस्कलाई ७ सय ५० र बालबालिकालाई ३ सय ७५ रुपैयाँ निर्धारण गरेको बताउँछिन् । उनि भन्छिन चिडियाखान यस्तो स्थान हो जहाँ सरकारले केही खर्च गर्नुपर्देन । यो कोष आफैमा निर्भर छ । तर,नियमहरु सरकारको अनुमतीमा मात्र चल्छ । चिडियाखानामा केही फेरबदल गर्नुपरेमा नेपाल सरकारबाट निर्णय गराउनुपर्ने उनको भनाई छ ।
चिडियाखानामा कुनै जनावरहरु थपघट गर्नुपरेमा, प्रवेश शुल्क घटबढ गर्नुपरेमा खोरहरु नयाँ वा सार्नुपरेमा तुरुन्तै सरकारको निर्णयलाई पर्खिनुपर्छ । माथिको निर्णय अनुरुप मात्र काम गनुपर्ने बाध्यता रहेको उनि बताउँछिन् ।
१ सय १९ प्रजातिका जनावर तथा चराचुरङ्गी रहेको चिडियाखानामा १ हजार ८३ जीवजन्तुको बसोबास स्थान बनेको छ । जसमध्ये सबैभन्दा बढी चराका प्रजाति छन् । ५३ प्रजातिका चराहरु छन् । चराहरु मात्रै ७ सय १३ वटा बस्ने बताउँछिन् ।
चिडियाखाना सबै जीवजन्तु तथा चराहरुको लागि उपयुक्त बासस्थान नभएका कारण कतिपय जीवजन्तु तथा चरालाई अन्य राष्ट्रिय निकुञ्जलगायतका संरक्षित जंगलहरुमा सार्ने गरेको सुनाईन् ।
उनले भनिन– चराचुङ्गीलगायतका सबै जीवजन्तुको आहाराको लागि प्रत्येक वर्ष १ करोड ९७ लाख खर्च हुने गर्छ । अन्य स्थानबाट उपचारको लागि पनि चिडियाखानामा ल्याउने गरेको कारण लगभग २ करोडको हाराहारीमा बार्षिक रुपमा खाना खर्च लाग्ने उनले बताइन ।
चिडियाखानामा राखेको जीवजन्तु तथा पशुपंक्षीहरुको लागि कुनै समस्या नहोस् भन्दै जीवजन्तुहरुको संरक्षणका लागि विज्ञहरु, भेटनरीका चिकित्सकहरुलाई चिडियाखानामा बसेर निरन्तर हेरविचार गर्ने व्यवस्था मिलाइएको उनि बताउँछिन् । चिडियाखाना ६ हेक्टर बराबरको जमिनमा मात्र भएको कारण साघुरो स्थानमा धेरै जीवजन्तुहरुलाई राख्न नसकेको बताईन भक्तपुरमा २ सय हेक्टर जमिनमा बन्न लागेको चिडियाखाना बन्नको लागि ढिलाई भएको कारण अन्य देशबाट अनुदान स्वरुप दिन लागेका जीवजन्तुलाई बासस्थान कमी भएको कारण लिन नसकेको गुनासो व्यक्त गरिन ।



















