प्रधानमन्त्री ओलीको सिंगापुर बसाइ लम्बियो–भोलिमात्र स्वदेश फर्किने

काठमाडौं । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एकदिन लम्बिएको छ । उनी भोलि स्वदेश फर्किने भएका छन् । उनको यसअघि निर्धा्रितभन्दा एक दिन थप सिंगापुर बसाइ लम्बिएको हो । 

उनी आज स्वदेश फर्किने कार्यक्रम थिए । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर  गरेका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत विवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली  १८ साउनमा सिंगापुर प्रस्थान गरेका थिए । उनीसँग उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित ९ सदस्य सहभागी छन्।