धानको बाला झुलेछ गैरीखेतको डीलैमा
आउन माया बस न ढोका खुल्यो दिलैमा ।
सोचि राखे जहिले नि फर्की तिमी आउँछौ
मेरो मनको बगैचामा तिमी नै पो रमाउँछौँ ।
आऊन माया संगै तरौ , खोली बग्यो सललल
लुकाएर छेकी राखे नदेखाउँदै रहर ।
खोली बग्यो तिरै तिर मनमा कति नलेऊ पिर
तिमी हामी मिली चढौँला नि तारेभिर ।
म त सधै तिम्रो दिलको राजा बनि रहौँला
तिमी मेरो रानी बन्ने कहिले पो होल ा?
रहर मात्रै गरिराखे बोतल सधै पिएर
यो जिन्दगी जाने भयो तिम्लाई सम्झेर ।
धानको बाला झुले छ गैरीखेतको डिलैमा
बास माग्न आए कान्छी तिम्रो दिलैमा ।
दिइनौँ तिम्ले निम्तो पनि सुपारीको दाना ल्याई
आँए म त तिम्रो हात समाईलानलाई ।
बाबा आमा कुरी रा छन् घरमा दुलही भित्र्याउन।
यो ज्यान त्यसै खुल्दुलियो तिम्लाई सजाउन।।




















