महिलाको घाँटी रेटेर गहना लुटपाट गर्ने २ जना प्रहरीे नियन्त्रणमा

बझाङ । बझाङको थलारा गाँउपालिका वडा नम्बर ५ हाट घर भएकी दिनेश खत्रीकी श्रीमती २२ बर्षिया विमला ओलीलाई लुटपाट गर्ने तथा मार्ने प्रयास गरेको भन्दै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

थलारा गाउँपालीका वडा नम्बर ६ घर भएका बर्ष २२ का प्रेम कडायतलाई झोता बजार र सोहि ठाउँका २३ बर्षका सौरभ चौहानलाई वित्थडचिर गाउँपालिकाबाट स्याँडी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । 

सोमबार बेलुका ६ बजे केदास्युँ गाउँपालिका वडा नम्बर ९ माईतीबाट घर आउने क्रममा थलारा गाउँपालिका वडा नम्बर ३ को शिलाकोट भन्ने स्थानमा गहना मोबाईल लुटपाटमा परिकी थिइन् ।

 उनको घाँटीमा टिनको पाताले रेटेर मार्ने प्रयास गरिएको स्थानीयले जनाएका छन् । उनको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले बताए । उनिसँगै  रहेकी बहिनी सलोचना ओली समेत घाईते रहेको जिल्ला प्रहरी कार्यालयका जनाएको छ ।

विशेष सुचनाको आधारमा छुट्टा छुट्टै ठाउँबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पाण्डेले बताए । घाईतेको बझाङ जिल्ला स्वास्थ्य कार्यालयमा उपचार हुन नसके पछि कोहलपुर रिफर गरिएको छ । 

फोटो–लुटिएकी महिला