रुपन्देही । बुटवल उपमहानगरपालिका १० मा रहेको कालिका क्याम्पसको नयाँ भवनको शिलन्याश भएको छ । करिब २० करोडको लागतमा बुटवल उपमहानगरपालिका–१० मा क्याम्पस भवन निर्माण हुने भनिएको उक्त भवनको नेकपा महासचिव विष्णुप्रसाद पौडेलले शिलन्याश गरेका छन् ।
त्यसअवसरमा प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सञ्चालक समिति अध्यक्ष रामचन्द्र क्षेत्री, उपाध्यक्ष अर्जुनमान सैजु, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतले सम्बोधन गरेका थिए ।
कालिका र मानवज्ञान मावि गाभिएर कालिका(मानवज्ञान मावि र कालिका क्याम्पस निर्माण भएको छ । बुटवलको यो विद्यालय मुलुककै नमुना मानिन्छ ।




















