सुत्र नै बनाऔं, मातहतका नजरमा नगिरौं : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाईलाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान गरेका छन् ।

आर्थिक बर्ष २०७६ ÷०७७ को बार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै  आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भने “ भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ,मातहतको नजरमा नगिरौं । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।” 

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई  कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्धेश्य आत्मसाथ गर्न आग्रह गरे ।  “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने  साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले  हो ” प्रधानमन्त्री ओलीले भने “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरी ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।” 

 प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तिव्रता लिने विस्वास व्यक्त गरे । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिबहरु बीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विस्वास लिएको छु ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारीहरुका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको बताए । प्रधानमन्त्री ओलीले भने “भ्रष्टाचारीहरुलाई मुद्धा चलाइएको छ । कारबाही दृढताका साथ अघि बढाइएको छ । ”

कतिपय बेला संसदमा प्रतिपक्षीहरुले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने  “हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार दृढ छ  । ” प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि  बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताए ।