हामी नेपाली ग्लोबल मलेसिया गठन , अध्यक्षमा प्रकाश वाईबा

मलेसिया – धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलल एसिया प्यासिफिकको मलेसियामा पनि आफ्नो च्याप्टर गठन भएको छ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त सस्थालाइ नेपाली समक्ष विश्वब्यापि बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्य समिति हरु धमाधम गठन भैरहेका छन । आइतबार मलेसियामा पनि नेपाली हरुकाे एक भेलाले प्रकाश वाईवाको अध्यक्षमा कार्यसमिति गठन भएको हो ।

उक्त गठन कार्यक्रममा हामी नेपाली ग्लोबलको सस्थापक सदस्य बिजय दोङको सभापतिमा कार्यसमिति चयन भएको हो । कार्य समितिमा हामी नेपाली मलेसिया च्याप्टरमा
अध्यक्षः प्रकाश वाईवा
वरिष्ठ उपाध्यक्ष : निर्मल गोले
प्रथम उपाध्यक्षः सोनाम मोक्तान
द्वितीय उपाध्यक्ष : जीवन घ्लान
महासचिबः मिलन दोङ
सचिबः उपेन्द्र राई
कोषाध्यक्षः लनम तामाङ
सह–कोषाध्यक्षः दिनेश थिङ
सदस्यः सि. बि थापा
सदस्यः हेमशर्मा ढकाल
सदस्यः दिपक श्रेष्ठ
सदस्यः प्रेम बस्नेत
सदस्यः प्रकाश पोखरेल
सदस्यः विजय साह
सदस्यः सन्च तामाङ
सदस्यः संगिता जिम्बा
सदस्यः कमल कुमार लावती
सदस्यः राज कुमार तामाङ
सदस्यः बहुल शंकर
सदस्यः पञ्चराम तामाङ
सदस्यः गणेश तामाङ
सदस्यः पर्वती नेपाली
सदस्य : मनिषा स्याङ्तान
सदस्य : बिमला राई
स्वास्थ्य चिकित्सा विभाग प्रमुख : जगत दोङ
रिसर्च विभाग प्रमुख : पासाङ लामा
सूचना तथा सञ्चार विभाग प्रमुख : राज मान तामाङ
प्रशिक्षण र विकास विभाग प्रमुख : भवनथ दाहाल
युवा संयोजक : विजय दोङ
पीआरओ ( जनसम्पर्क) : नवीन तिमल्सिना लगाएतको समिति गठन भएको छ ।

कार्यक्रमको सभापति बिजय दोङ्ले गठन पछि छिट्टै उद्घाटनको मिति तय गरेर हामी नेपाली ग्लोबल केन्द्रिय अमेरिकामा जानकारी गर्ने बताउनु भएको थियो ।

हामी नेपाली ग्लाेबल संस्था हाल विश्वासका ४० देशमा क्रियाशील रहेको छ ।विभिन्न देशमा गठन प्रक्रिया पनि तिव्र रुपमा अगाडि बढि रहेको छ ।शिक्षा ,पर्यटन ,खेलकुद ,कला संस्कृतिको प्रबर्द्धन सगै राेजगार सृजना गर्न पनि सस्थाले लक्ष्य बाेकेकाे छ । यसका अलवा विभिन्न प्रकाेप,आपतविपतकाे घडीमा नेपालीलाई सक्दाे सहयोग गर्ने छ । नेपालकाे समृद्धि मा टेवा पुग्ने गरि विश्वभरका नेपालीको साझा सहकार्य लाई जाेडने लक्ष्य पनि सस्थाले लिएको बताइएको छ ।गएको बर्ष नाेभेम्बर महिनाको २४ तारिखमा अमेरिकामा उद्घाटन गरिएको सस्थालाइ विश्वभर विस्तार गर्न केन्द्रीय अध्यक्ष अमृत लामा लगाएत केन्द्रीय पदाधिकारी हरु क्रियाशील रुपमा लागि रहनु भएको छ ।

संस्थाले मलेसिया लगत्तै अब कतार , युएई , बहराइन, ओमन , इजरायल ,पोर्चुगल , इराक , साउदी , अष्ट्रेलिया, यी देश लगायत विश्वभर आफ्ना च्याप्टर गठन गर्ने तयारीमा रहेको छ।