मुम्बई (एजेन्सी) । अहिले नेपालकी नायिका प्रियंका कार्की वेव सिरिज निर्माणमा व्यस्त छिन् । ‘जष्ट अनादर लभ स्टोरी’ नामक वेव सिरिजमा व्यस्त रहेकी प्रियंका जस्तै बलिउडका नायिकाहरू पनि वेव सिरिजमा व्यस्त छन् ।
बलिउडकी नायिका अनुष्का शर्मा पनि वेव सिरिजमा काम गर्ने तयारीमा जुटिरहेकी छन् । पछिल्लो समय उनी अभिनित चलचित्र ‘जिरो’ असफल भएपछि उनले कुनै पनि चलचित्र साइन् गरेकी छैनन् । उनी अहिले परिवारसँग समय बिताइरहेकी छन् ।
‘माई’ नामक वेव सिरिज अनुष्का आफ्नै प्रोडक्शन हाउस क्लिन स्लेट फिल्मस् ब्यानरबाट निर्माण हुनेछ । एक साधारण महिलाले अञ्जानमा गरेको हत्यालाई आधार बनाएर निर्माण गरिने यस सिरिजमा अनुष्का आफू देखिन्नन् । सिरिजमा अनुष्का निर्माण कार्यमा सहभागी हुनेछिन् ।


















