स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी सचेतना

काठमाडौं । संवाहक नेपालको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी सचेतनामूूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजधानीमा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका–३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारीले हाल नेपालमा भयावह रूपमा देखापरेको यस रोगबाट बच्न समयमा नै आफ्नो स्वास्थ्यप्रति सचेत रहन सहभागी महिलालाई आग्रह गरे । 

आयोजक संस्थाकी अध्यक्ष उषा श्रेष्ठले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत भएमा क्यान्सर जस्तो भयावह रोगबाट सजिलै बच्न सकिने बताइन् । उनले नेपालको जनसंख्याको आधाभन्दा बढी स्थान ओगटेका महिलाहरू स्वस्थ भए मात्र परिवार, समाज अनि देश समृद्ध हुने बताइन् । 

कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीपा चूडालले स्तन तथा पाठेघर क्यान्सर रोगबारे सचेतना प्रस्तुत गरेकी थिइन् ।