काठमाडौं । असार सकिनै लाग्दा करिब २४ प्रतिशतमात्रै रोपाइँँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ५४ प्रतिशत रोपाइँँ भएको थियो । अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत कम रोपाइँँ भएको हो ।
आइतबारसम्म उच्च पहाडमा ३४.६४ प्रतिशत रोपाइँँ भएको छ भने मध्यपहाडमा ३१.१५ प्रतिशत र तराईमा २०.६१ प्रतिशतमात्रै रापाइँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ६१.६५ प्रतिशत, ५५.६१ प्रतिशत र ५१. ५८ प्रतिशत रोपाइँँ भएको थियो । अघिल्लो वर्ष औसतमा ५४ प्रतिशत रोपाइँँ भएकोमा यसवर्ष भने करिब २४ प्रतिशतमात्रै रोपाइँँ भएको छ ।
प्रदेश १ मा १८.४५ प्रतिशत, प्रदेश २ मा १०.२५ प्रतिशत, प्रदेश ३ मा २०.९९ प्रतिशत, गण्डकी प्रदेशमा २८.५३ प्रतिशत, प्रदेश ५ मा २९.५१ प्रतिशत, कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत रोपाइँँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ४१.५९ प्रतिशत, ५३.५७ प्रतिशत, ४६.९३ प्रतिशत, ७२.२५ प्रतिशत, ५६.१८ प्रतिशत, ६५. ८८ प्रतिशत र ८० प्रतिशत रोपाइँँ भएको कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
प्रदेश १ को उच्च पहाडी क्षेत्रमा ११.५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा २१.५६ प्रतिशत र तराईमा १७.८१ प्रतिशत गरी प्रदेश १ मा कुल १८.४५ प्रतिशत रोपाइँँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ४७.४६ प्रतिशत, ४५ प्रतिशत र ४१.५९ प्रतिशत रोपाइँँ भएको थियो ।
त्यस्तै प्रदेश २ मा हालसम्म १०.२५ प्रतिशतमात्रै रोपाइँँ भएको छ । अघिल्लो वर्ष भने ५३.५७ प्रतिशत रोपाइँ भएको थियो । त्यसैगरी प्रदेश ३ को उच्च पहाडी क्षेत्रमा अघिल्लो वर्ष ४३.३० प्रतिशत रोपाइँँ भएकोमा यसवर्ष २१.५५ प्रतिशतमात्रै भएको छ भने मध्यपहाडी क्षेत्रमा ४९.५४ प्रतिशत रोपाइँ भएको यसवर्ष २३.८८ प्रतिशतमात्रै रोपाइँँ भएको छ । अघिल्लो वर्ष प्रदेश ३ को तराइ क्षेत्रमा ४६. ९३ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष २०.९९ प्रतिशतमात्रै भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको मध्यपहाडी क्षेत्रमा अघिल्लो वर्ष ६७.५० प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ३०.५८ प्रतिशतमात्रै रोपाइँ भएको छ भने तराईमा ९२ प्रतिशत रोपाइँ भएकोमा २० प्रतिशतमात्रै रोपाइँ भएको छ । गण्डकी प्रदेशमा अघिल्लो वर्ष कुल ७२.२५ प्रतिशत रोपाइँ भएकोमा २८.५३ प्रतिशतमात्रै रोपाइँ भएको छ । त्यसैगरी प्रदेश ५ को मध्यपहाडी क्षेत्रमा ५८.१३ प्रतिशत रोपाइँ भएकोमा ४३.५२ प्रतिशतमात्रै रोपाइँ भएको छ भने तराइमा ५५.९२ प्रतिशत रोपाइँ भएकोमा २९.५१ प्रतिशत रोपाइँ भएको छ ।
त्यस्तै कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा ९२.१६ प्रतिशत रोपाइँ भएकोमा ८२.८९ प्रतिशतमात्रै रोपाइँ भएको छ भने मध्यपहाडी क्षेत्रमा ६०.८० प्रतिशत रोपाइँ भएकोमा ४४.४७ प्रतिशतमात्रै रोपाइँ भएको छ । त्यस्तै सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा ८०.६६ प्रतिशत रोपाइँ भएकोमा ४९.६७ प्रतिशतमात्रै रोपाइँ भएको छ भने मध्यपहाडी क्षेत्रमा ५५.७६ प्रतिशत रोपाइँ भएकोमा ४३.७४ प्रतिशत र तराईमा ८८.९५ प्रतिशत रोपाइँ भएकोमा ४४.०३ प्रतिशतमात्रै रोपाइँ भएको छ ।
यस वर्ष हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमध्ये ३ लाख २५ हजार ९ सय १ हेक्टरमामात्रै रोपाइँ भएको हो । अघिल्लो वर्ष सोही अवधिमा ७ लाख २६ हजार २ सय ९७ हेक्टरमा रोपाइँ भएको थियो ।


















