मलेसिया
गैर आवसिय नेपाली संघ मलेसियाको नयाँ नेतृत्व कस्ले लिने भन्ने चर्चा सुरु भएको छ । नयाँ नेतृत्व कस्ले लिने विषयमा चर्चा मात्र चुलिएको छैन् आफ्नो पक्षमा पार्न भेला गर्न थालिएको छ । जुलाइमा हुने भनिएको अधिवेशनलाई आफ्नो पक्षमा पार्न विभिन्न क्रियाकलाप गर्न थालिएको छ । एन आर एनको आगामी नेतृत्वका लागी राजधानी क्वालालम्पुर मात्रै नभइ जोहर र पेनाङ्गमा समेत वैठक थालिएको छ ।
एन आर एनको मलेसिया अध्यक्ष कस्लाई वनाउने र को वन्ने विषयमा ‘माथापच्ची’ सुरु भएको छ । अहिलेका अध्यक्ष खगेन्द्र न्यौपाने,महासचिव सुन्दर आले,पुर्व अध्यक्ष महेन्द्र जंग शाह,रमेश तिवारी,हरि भट्टराई देखी टेक घृत सम्मले एन आर एन मलेसियाको नेतृत्व लिने चाहना गरेका छन् । अधिल्लो पटक नेतृत्वमा आएपनि पुराना काम पुरा गर्न पुनः अध्यक्ष हुने ध्यय न्यौपानेको रहेको छ । आइसिसी सदस्य विश्व राईको टिम संग समन्वय गरेर पुर्न अध्यक्ष हुने सोच वनाएका न्यौपानेले विभिन्न स्थानका यसका लागी लविङ्ग समेत गरेको श्रोतको भनाइ छ । पहिलो कार्यकालमै श्रमीक सम्मन्धी विवादमा तानिएका न्यौपानेलाई पुर्न अध्यक्ष वन्न भने त्यति सहज छैन् । नेपाली श्रमीकलाई काम लगाइदिएर श्रम शोषण गरेको आरोप श्रमीकले लगाएका थिए । त्यसको स्पष्टिकरण दिन उनले पत्रकार सम्मेलन गर्नु परेको थियो । अघिल्लो पटक अन्तिममा न्यौपानेलाई सर्मथन गरेका रमेश तिवारी भद्र सहमतीका आधारमा यस पटकको एन आर एन अध्यक्ष पाउनु पर्ने तर्कमा रहेका छन् । एन आर एन का साधारण सदस्य धेरै वनाएको दावी गर्ने तिवारी यस पटक जसै पनि नेतृत्वमा पुग्नेमा रहेका छन् । धेरै सदस्य वनाएपनि सदस्यहरुको वाक्लो सर्मथन हुदा हुदै ‘वार्गेनिङ्ग’मा जाने आरोप तिवारीलाई लाग्दै आएको छ । हरि भट्टराई पनि यस पटक नेतृत्व लिने तयारीमा रहेको भट्टराई श्रोतले जनाएको छ । दुई वर्ष अधि अध्यक्षका प्रत्यासी वने पनि अन्तिममा नाम फिर्ता गरेका थिए । भट्टराईले नाम फिर्ता लिदा महेन्द्र जंग शाहलाई अध्यक्ष हुन सहज भएको थियो । यस पटक भने मलेसियाका केहि नेपाली व्यावसायीको सर्मथनमा भट्टराई नेतृत्वमा आउने योजनामा रहेका छन् । श्रोतका अनुसार भट्टराईको उम्मेद्धारी तय केहि दिनमा हुने छ ।
यता पुर्व अध्यक्ष महेन्द्र जंग शाह पनि नेतृत्वमा पुन आउने तयारीमा छन् । त्यसका लागी उनले तयारी सुरु गरेका छन् । नेतृत्वमै आउन लागेका केहिलाई ‘रिझाएर’ अध्यक्ष वन्ने सोच शाहको रहेको छ । यता सुदुर पश्चिम समाज लगायतका केहि संस्थाको सर्मथन भने टेक घृतलाई रहेको छ । उनी पनि अध्यक्ष वन्ने सोच मा रहेका छन् । धेरै नेपाली संगको धुलमिल भएको र क्वालालम्पुरमा उपलव्ध हुन सक्ने भएकाले आगामी एन आर एनको अध्यक्ष हुने सोच घृतमा रहेको छ । यसै विच आदिवासी समुदायका संघ सस्थाले भने महासचिव सुन्दर आलेलाई अगाडी वडाउने योजना वनाएका छन् । २ कार्याकाल महासचिव वनेका उनी विवादमुक्त रहेको उनीहरुको भनाइ छ । यस पटक आलेलाई अध्यक्ष वनाउन पुर्व अध्यक्ष विश्व राई र शंकर पौडेलको सर्मथन जुटाउन प्रयास गरिने भएको छ । श्रोतका अनुसार सो समुहले आलेलाई नै अध्यक्षको उम्मेद्धार वनाउने योजना वनाएको छ । केहि दिन पछि धारणा वनाउने श्रोतले मलाया खवरलाई जानकारी दिएको छ । विवादमा नपरेका आलेलाई अध्यक्ष वनाउन अन्य जनजाती आदीवासी संगठनले समेत प्रयास थालेका छन् ।
























