यातायात मन्त्रालयका उपसचिवको कर्तुतः ब्ल्याक मेल गर्दै छोरी बलात्कार !

ललितपुरमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवले आफ्नै १८ वर्षीया छोरीलाई विगत २–३ वर्षदेखि जर्बजस्ती करणी गर्दै आएको खुलेको छ ।

उनले छोरीलाई ब्यालकमेलिङ गर्दै बलात्कार गरेको खुलेको छ । उनले विदेशतिर छोरीसँग बाबुले सम्पर्क राख्ने गरेको बताउँदै नेपालमा पनि गर्दा केही नहुने बताउँदै जर्बजस्ती गर्दै आएका थिए ।

यादवले श्रीमती नभएको मौका पारेर कक्षा १२ मा पढ्ने छोरीलाई आफ्नै घरमा बलात्कार गर्दै आएका थिए । पक्राउ परेका यादवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवकी छोरी कलेजका शिक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेमीकै दबाबमा यादवकी छोरीले बाबुविरुद्ध जाहेरी दिएकी थिइन् । यो विषय श्रीमतीलाई पनि थाहा थियो तर, उनले बेइज्जती हुने डरले घटना गुपचुप रोखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । महोत्तरी सोनमा वाविस–घर भएका यादवको हाल ललितपुर धोविघाटमा पनि घर रहेको प्रहरीले जनाएको छ ।