सडक दुर्घटनामा परि ससक्त घाइते भएका श्रमिकको उपचार गराइ मलेसियाबाट उद्वार।

तिलोचन गौतम

क्वालालम्पुर,मलेसिया

विपरित दिशा बाट आएको मोटरले ठक्कर दिँदा ससक्त घाइते भएका धनकुटा महालक्ष्मी नगरपालिका ४ का राजेन्द्र पौडेल लाई प्रबासी हातेमालो कल्याणकारी समाज पोट्केनाग मलेसिया , गैरआवासिय नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोरबारु र नेपाली राजदुतावास मलेसियाको सहयोगमा उपचार गराइ स्वदेश फर्काइएको छ । अबैधानिक रुपमा मलेसियाको साआलममा काम गर्दै आएका पौडेल को साझ काममा जाने समयमा बिपरित दिसाबाट आएको मोटरसाइकल ले ठक्कर दिदा ३ ठाउँमा खुट्टा भाँचिएको थियो ।

पौडेलको उपचारका लागि प्रवासी नेपाली हातेमालोको कल्याकारिणी समाजको सक्रियतामा ४ हजार रिङ्गेट र गैरआवासिय नेपाली संघ मलेसियाको क्षेत्रीय साखा जोहोर बाट ३ सय रिङ्गेट र अपुग रकम पौडेल का छोरा ले उपलब्ध गराइ शल्यक्रिया गरि नेपाल फर्काइएको हो ।

पौडेल लाई स्वदेश फिर्ता गराउन लाई राजदुताबास मलेसियाले एक तर्फि हवाई टिकट उपलब्ध गराएको र जुन ५ तारिख स्वदेश फर्काइएको प्रबासी हातेमालो कल्याणकारी समाज पोट्केलाङ मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्की ढोलीले बताउनुभयो ।