तिलोचन गौतम
क्वालालम्पुर
मलेसिया इस्लाम धर्मावलम्बी हरुको महान चाड हरिराया को अवसरमा प्रवासी नेपाली हातेमालो कल्याणकारी समाजले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रबासी हातेमालो कल्याणकारी समाज पोट्केलाङ मलेसिया द्वारा पोट्केलाङ्ग को पाडाङम्यारीन खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा १८ टीम खेलाडी हरुको सहभागिता रहेको थियो । खेल लगातार जुन ५,६ र ७ तारीक गरि लगातार तीन दिन सम्म चलेको थियो ।
चर्को प्रतिस्पर्धाका बिच खेलमा क्रमश बागलुङ सेवा समाज , प्रवासी नेपाली हातेमालो आयोजक टिम र भञ्ज्याङ चौतारी रेस्टुरेन्ट पोर्टकेलाङ टीम प्रथम ,द्वितीय र त्रीतिय स्थान हासिल गरेका थिए। प्रथम बिजयि टिम लाई १०,००० हजार रिङ्गेट ,द्वितीय बिजेता टिम लाई ८,००० हजार रिङ्गेट र त्रीतिय बिजेता टिमलाइ ४,००० हजार रिङ्गेट नगद सहित स- संमान ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीका रूपमा रास्ट्रीय खेलाडी लक्ष्मण राणा लाई स्मार्ट फोन दिएको थियो भने इन्द्र मगर संजय नेपाली सहित लाई समेत उत्कृष्ट खेलाडीको रूपमा पुरस्कार तथा संमान गरेको थियो ।
खेल लाई (Ip dhankute trading sdn bhd , kc teo enterprises,my prepaid sim card र पोटकेलाङ मा अबस्थित सबै नेपाली रेस्टुरेन्टहरुले प्रायोजन गरेका थिए । बिजेता टिमहरु लाई एक विशेष कार्यक्रमका बिच खेल समापन तथा पुरस्कार बितरण कार्यक्रम गरिएको थियो। आयोजक समितिका अध्यक्ष पुरुषोत्तम कार्की ढोली को सभापतित्वमा भएको उक्त पुरस्कार बितरण कार्यक्रमा प्रमुख अतिथि को रुपमा नेपाली राजदुतावास मलेसियाका महामहिम राजदूत उदय राज पाण्डे को समेत उपस्थिति रहेको थियोे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आले , नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका प्रतिनिधि हरु अतिथिको रुपमा पुरस्कार बितरण कार्यक्रममा सम्मीलित थिए । प्रबासी हातेमालो कल्याणकारी समाजका अध्यक्ष पुरुषोत्तम कार्की ढोलीका अनुसार महामहिम राजदूत उदयराज पाण्डे को उपस्थिति र उहाँ बाटै पुरस्कार ग्रहण गर्दा खेलाडी हरु हर्सित भएको बताउनुभयो।
खेल अत्यन्तै पर्तिस्पर्धात्मक भएको र भब्यताका साथमा सम्पन्न भएको कार्यक्रम आयोजक टिमका खेल संयोजक लक्ष्मण खड्काले जानकारी दिनुभयो।




















