मलेसिया ।इदको अवसर पारेर मलेसियामा एसएसओजी ग्रुपद्वारा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु पक्राउ परेका छन् ।
साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया आइपुगेका कलाकारहरुलाई यहाँको अध्यागमनले पक्राउ गरेको हो ।अध्यागमनले छापा मारेपछि उपस्थित दर्शकहरु त्रसित बनेको थियो। पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट आएका कलाकार सहित २६ जनालाई पक्राउ छन् ।
उक्त कार्यक्रममा नेपालबाट आएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् ।
मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।
पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।




















