जेठ २३ गते सार्वजनिक विदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सरकारले सार्वजनिक विदा दिने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जेठ २३ गते पर्ने इदुल फित्रको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन भने तोकिएको थिएन ।