एक दिन नारदजी कमर्शियल बैंक पुगिगया
भेटी जम्मा गराऔं भनि
भिडमा ठेल्मेल गर्दे क्यूमा बसिगया
पालो कहिले आउँछ भनी
तीन घण्टाबिच काउन्टरमा पुगिगया धोतिले पसिना पुछि
टेलरको ब्यवहार र दैवीचेक बाउन्सको पीड़ाले पार्यो उनलाई बेखुशी
मर्त्यलोकिय बैंकिंग ब्यवहारले दिक्क भैगयो नारद्को कोमल मन
रन्किदै टुप्पी समाई नारद ब्रह्मलोकतिर हिडी गया स्वेत धोति सुर्किकन
एकदिन ब्रह्मलोकबाट परमपिता ब्रम्हा गर्जेछन्
हे ब्रह्मदूत ! पृथ्वीमा मेरा सन्तानमध्ये सबभन्दा संकालु , अनिदो, तर कर्मठ्
अर्धपागल जिव कुन हो पत्ता लगाऊ
ब्रह्मदूतहरूले आयोग वनाएर ब्रह्मरिपोर्ट पेश गरेछन्
मनुष्य !
मनुश्यमध्ये पनि बैंकमनुश्य अर्थात बैंकर
ब्रह्म आयोगको रिपोर्टमा एउटा बुंदा पनि थपिएछ
दिनभरि बैंकर बेलुका मदिराको टैंकर
ब्रह्मदूतजी सहानुभुतिपुर्वक कुर्लिनुभो
के गरुन त बिचरा बैंकमनुश्यहरुले
लेखा परिक्षण र रिपोर्टिंगको झटारो बेलु्का घर जान हतारो
दिनभर टारगेट र कंप्लायंसरुपी गधाको भारी
कसरी निदाउनु मदिरा मुखमा नपारी ?
थकाइ मेटाउने पुर्खेउलि दवाइ एक ग्लास सराव चिन्ता खलास्
महाभारतको युद्दमा गांडीवधारी अर्जुनलाई श्रीकृष्णले उपदेश दिनुभयो
त्यो उपदेश भागवत गीता बन्यो
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युथानम अधर्मस्थ तदात्नामम स्रिजाम्यहम
यानि जव जव धर्मको नाश हुन्छ म अधर्मिको नाश गर्न आउनेछु
म नै धर्म , म नै युद्द , म नै पान्डव , म नै कौरव
म नै सृष्टी, म नै सम्हार मेरो नै सम्पूर्ण लीला त्यसरीनै कलीयुगमा बैंकदेवले विराट स्वरुपको दर्शन दिदै बित्तवाणधारी बैंकरको बणककन गर्नुभयो
यदा यदा हि मर्त्यलोकस्च तरलता अभावम भवन्ति
बेरोजगारम, मूल्य बृद्दि, भ्रस्टचारम , बलत्कारम भवति
वित्तसन्स्थापनार्थाय सम्भवानि युगे युगे
त्यो बित्तउपदेश बैंकावत बन्यो जो सुन्नुहोस यस् प्रकार छ ।
म बैंकर कथित सानको र मानकों जागीरे म
खल्ती खÞाली भए पनि छिमेकीको अगाडि टाईसुटमा ठाँटीने स्वगर्वित महामानव म
पैसा छ तर परिवारलाई दिने समय छैन
निन्द्रा छ तर सूकला गर्ने फुर्सद छैन
स्वस्फुर्त मन छ तर छुट्टीमा प्राय तालिम पर्ने भएकाले परिवारसँग मनोरन्जन गर्ने समय छैन
स्वघोसित, स्वगर्वित महामानव म
कर्मचारी सुविधाकर्जाले किनेको घर र गाडी
बोनसले किनेको बुडीको लिपिस्टिक,गहना र साडी
के. वाइ. सि. र सि. आइ.सिको खेती गर्ने बित्तिय किसान म
बिप्रेसण र मौज्दात सँग लुकामारी खेल्ने प्रेमभमरो म
एल. सि. , बि. जि. र ई सि सि सँग नाच्ने अथक नर्तक म
आफ्नो रित्तो खल्ति बिर्सेर पैसाको गड्डीसँग दिनभर पौठेजोरी खेल्ने बित्तखेलाडी म
देशको अर्थतन्त्र सुधार गर्ने अबिरल अकाट्य सोपान
ऋण दिने साहु म, मौज्दात राख्ने ढुकुटी म
रकमान्तर गर्ने औजार म, जोडघटाउ गर्ने संगणक म
इन्सुरेन्स गर्ने अभिकर्ता म, हिसाबकिताव राख्ने एकाउन्टेन्ट म
पैसा गन्ने खजान्चि म, व्यपास्थन गर्ने व्यस्थापक म
सीप निखार्ने मानव सम्साधक म, संगणक चलाउने प्रणाली म
पाले म, संदेशवाहक म व्यस्थापक म
यानि कनिस्ठ पदस्थ बैंकर म, उच्च पदस्थ बैंकर म
म वित्तकर्मी मौका नपरुन्जेल स्वधर्मी , मौका परे घुस खाएर पाँचतले घर ठड्याउन सक्ने अधर्मी
पुनः कलीयुगिन वित्तदेव कुर्लिनुभो
म नै निर्देशक, म नै ऋृण हा्कीम , म नै ऋृण, म नै ऋृणी
बैंक डुबेर के हुन्छ र ? म त उक्सी हाल्छु नि !
जनताको पैसाको असुरक्षा भएर के भो त ?
मेरा सात पुस्ता सुरझीत छदैछन नी
म बैंकर मुखभरी तोरिको तेल दलेर चिप्लो घस्न सक्ने चाप्लुश चाकडीबाज
पदोन्नतिको लागि मैले हाकिमको जिउमा तेलले मालिश गरेको छु
लाभ हुने विभाग पाउनको लागि मैले हाकिम्निको साडी पनि धोइदिएको छु
हाकिमको फुलबारी गोड्ने, हाकिमको सालीको घरको बिजुलीपानीको बिल तिर्ने त मेरा नियमित चाप्लुसीकर्म हुन्
र त म लाभको विभागमा बसेको छु र त मैले हाकिमको वरिपरि घुम्ने भमरा हुने सौभाग्य पाएको छु ।
नत्र म जस्तो कामचोर कर्मचारीको भरुवा बन्दुकको गोली झै सरुवा भईसक्थ्यो
बैंक एउटा पूर्ण घर हो
बैंकर हुन घरका झ्याल, ढोका , खम्बा, इटा , बालुवा, छानो
बैंकर एउटा पूर्ण फल हो
बैंकर सिप , खुन ,पसिना , मिहिनेत, फलका रस र चानो
बैंक एउटा पूर्ण गीत
बैंकर त्यस्का लय, ताल ,शब्द र कर्ण्प्रिय संगीत
बैंक आकाशगंगा
बैंकर पृथ्वी, आकाश, जल , बायु र ग्रह
बैंक एउटा पूर्ण शरीर
बैंकर हात , खुट्टा, मुटु, र आँखा
खुट्टा बिना शरीर हिड्दैन , जल बिना पृथ्वी चल्दैन
त्यसैले एउटा पूर्णताले बुझ्नु पर्छ, म पूर्ण हुन मेरा अंगप्रत्यङ्गले रगत र पसिना बगाए
म कर्ण्प्रिय गीत हुनको लागि मलाई लय, ताल र शब्दले पसिना बगाए
म पूर्ण आकाशगंगा हुन पृथ्वी, आकाश, जल , बायु र ग्रहको गहना लाएको छु
एउटा पूर्णताले अवयवरुलाई पक्षपातबिहिन र कपटहीन भएर सोच्नुपर्छ
नत्र पूर्णता टूटेर धराशाही हुनसक्छ
त्यही पूर्णता बैंक र पूर्णता बनाउने अवयवहरु बैंकर हुन्
म बित्तिय किसान
मिहिनेत र पसिनारुपी अन्न रोपेर नाफा कमाईदिने हली
म बित्तिय मजदुर
अथक र इमान्दार हातले बैंकको साख उच्च पार्ने सहयात्री
म कर्मयोगी निस्कपट बित्तिय सहयोद्दा
सुत्केरी हुँदा पनि मैले समयाभावले दुधमुखे वालकलाई मात्रिदुध चुसाउन छोडेर
आफ्नो बित्तकर्म गरेको छु
मैले आफ्नो कर्मक्षेत्रलाई आफ्नै दोस्रो घर सम्झी अथक परिश्रमले सिचेको छु
इति



















