जनद्वार केन्द्र,राजदुतावास र पीडितका आफन्त द्वारा घरफिर्तीकेन्द्रबाट ९ श्रमिकको उद्वार।

तिलोचन गौतम

क्वालालम्पुर मलेसिया,

जनद्वार केन्द्र मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया ले समस्यामा परेका ९ जना कामदार स्वदेश फिर्तागराएको छ । विभिन्न कारणले मलेसिया अध्यागमनको कामकारबाहीमा परि कसुर अनुसारको सजाय कटाई स्वदेश फर्कनकालागि घरफिर्ती केन्द्रमा आफन्तहरुसङ सम्पर्क नहुदा अलपत्र परेका,सारारीक मानसिक समस्या झेलिरहेका नेपाली कामदारहरुको उद्वार भएको छ ।

उद्वार हुनेहरूमा जुरु डिटेन्सन क्याम्प (घर्फिर्ती केन्द्र) पेनाङ्ग बाट झापा का द्रोण भन्डारी, खोटाङ्ग का सुमन राई, सल्यान का राजेन्द्र नेपाली गरि तीन जना र लंकाप डिटेन्सन क्याम्प ( घरफिर्ती केन्द्र ) पेराक बाट सप्तरी का राजेन्द्र कुमार मियाँ, नुवाकोट का सोम बहादुर तामाङ, सुनसरी का प्रमोद कुमार खान, कैलाली का वीर बहादुर बेलाल र बर्दिया का लाल बहादुर मल्ल रहेका छन।

करिब एक बर्ष देखि घरफिर्ती केन्द्रमा अलपत्र परेका उनिहरुलाई मे २३ तारीख स्थानीय समय अनुसार दिउँसो ३:४५ मा मालिन्दो एयरलाइन्स बाट स्वदेश फर्किएका जनद्वार केन्द्र मलेसियाका सचीव शंकर देव आचार्यले जानकारी गराए।