तिलोचन गौतम क्वालालम्पुर मलेसिया फ्रेन्डसीप धमकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आएको छ । फ्रेन्डसीप धमाका ग्रुपले मलेसियामा आगामी जुन महिनामा हरिरायको अबसर पारेर २२ औ फ्रेन्डसीप धमाका गर्ने भएको छ ।
आगामी जुन ४ तारीख मंगलबारका दिन आइतम देवान हल , ५ जुन बुधबार बि एम पेनाङ देवान हलमा ,६ बिहीबार SJK चाइनिज स्कुल देवान हल बातुपहाड र फेब्रुअरी ७ शुक्रबार पोर्ट् केलाङ बसपार्क नजिकै कार्यक्रम गर्ने तय भएको छ । कार्यक्रममा मनोरञ्जन दिनको लागि गायिका नेलिमा थापामगर,मिस्टर आरजे,नायक निखिल उप्रेती मोडल रक्षा श्रेष्ठ, हास्य कलाकार दमन रुपाखेती आउने भएका छ्न ।
कार्यक्रम मा स्थानीय कलाकारले समेत भरपुर मनोरञ्जन दिने उक्त कार्यक्रम आयोजक फ्रेन्ड सीप धमाकाका डाइरेक्टर कृष्ण पुलामी (कृस) ले जानकारी दिए।




















