मुखको क्यान्सर : बढ्दो रोग, जटील उपचार : डा.प्रभात चन्द्र ठाकुर

विश्वभरि अप्रिल महिनालाई मुखको क्यान्सर रोगको जागरूतकता महिना भनेर मनाइन्छ । नेपालमा मुखको क्यान्सर बिरामीको केन्द्रीयकृत तथ्यांक नभए पनि यो रोग पुरुषहरुमा तेस्रो सबभन्दा बढी देखिने क्यान्सर मध्ये पर्छ । अरु सार्क देशमा जस्तै नेपालमा पनि यो रोग बढ्ने क्रममा छ । हरेक वर्ष अनुमानित पाँचदेखि ६  हजार नयाँ मुख को क्यान्सरका बिरामी फेला पर्छन भने वर्षेनि १५००/२००० बिरमीले यस रोगबाट ज्यान गुमाउने गर्दछन् । सामान्यतया पचास नाघे पछि देखिने यो रोग हाम्रो समाजमा बढ़ी युवा अवस्थामा यो रोग देखिन थालेको छ । नेपालमा ७५/८० प्रतिशत रोगी पुरुष छन् भने महिलाहरूमा पनि यो रोग बढ्ने क्रममा छ ।

रोग लाग्ने कारण :

९० प्रतिशत मुखको क्यान्सर बिरामी लामो समय सुर्र्ती जन्य पदार्थको सेवन गरको पाइन्छ । त्यसमध्ये पान, सुपारी,गुट्खा,तम्बाकु र चुरोट पर्छन् । सार्क  देशमा अझै ३०/३५ प्रतिसत जनसंख्याले सुर्ती जन्य पदार्थको सेवन गरने हुनाले यो रोग हरेक वर्ष ५/६ प्रतिशतले बढ्दै छ । सानो उमेरमै सुर्ती जन्य पदार्थको सेवन गर्नु , धेरै मात्रामा सेवन गर्नु , धूम्रपान संगै मध्पानको सेवनले यो रोग हुने जोखिम बढ्छ । १० प्रतिशत बिरामीमा सुर्ती जन्य पदार्थ बाहेक अरू कारण ले यो रोग देखिने गर्छ जसमा  झरेको तिखो दातले लामो समय घोचेर घाउ बनाउनु, कृतिम दात खुकुलो वा कसेर घाउ  बनाउनु, लामो समय गिजा र दातको संक्रमण भैराख्नु , परिवारमा वंशाणुगत मुखको क्यान्सर हुनु जस्ता कारण छन् ।

रोगका लक्षण :

सुर्ती जन्य पदार्थको लामो समय सेवन गरेको मानिसको मुख घाउ देखा पर्नु ,घाउ आफै विसेक नहुनु वा बढ्दै जानु,मुख खोल्न अप्ठ्यारो हुनु, बोल्न खान बिस्तारै गारो हुँदै जानु, घांटीमा गिर्खाहरु सुन्नेको देखिनु, दात हल्लिनु र फूकाल्दा घाउ देखिनु मुखको क्यान्सरको लक्षण हुन सक्छन । यी उल्लेखित  लक्षणहरु देखिदा चिीकत्सकीय सल्लाह लिन जरुरी हुन्छ । यो रोग भए नभएको यकीन गर्न मुख को घाउबाट मासु को जांच – Biopsy_  गरिन्छ । रोग  प्रमाणित भएमा  कतिको फैलेको (कतबनष्लन)  गरिन्छ जसमा CT scan,MRI ultrasonically वा  PET scan  प्रवीधीको प्रयोग गरिन्छ । 

उपचार विधि र जटिलता 

मुखको क्यान्सरको उपचार पनि अरु क्यान्सर जस्तै मुख्यता शाल्यक्रिया,विकिरण  पद्धति -Radiotherapy_ र कीमोथेरेपीको प्रयोग गरीन्छ तर यस रोगमा  शल्यक्रिया मुख्य उपचार  पद्धति मानिन्छ । शुरुको अवस्थाको रोग(पहिलो र दोस) मा प्राय शाल्यकरियाले मात्र उपचार गारिन्छ भने तेश्रो र चौथो स्टेज-Advance stage_ रोगमा शल्यक्रिया  संगै विकिरण -Radiotherapy_  र केमोथेरापि पनि चाहिन्छ । ६०/७० प्रतिशत बिरामी फÞैलेको रोग -advance stage_  लिएर दुबै चाहिन्छ । बढदो स्टेज सँगै रोग निको हुने संभावना -prognosis_   कम भऐर जान्छ । पहीलो स्टेजमा उपचार पश्चात रोग निको भएर ५ साल बाचने सम्भावना – 5 year survival rate _ ८०/९० प्रतिसत हुन्छ भने चौथो स्टेजमा सो संभावना ५० प्रतिशत भन्दा कम हुन्छ । प्राथमिक उपचार पछी नियमित  समयमा परिक्षण गरिराख्नु पर्छ । रोग उपचार पछि फर्केमा पुन नीको हुने हिसाबले उपचार गर्न सकिन्छ तर फोक्सो वा शरीरको अन्य भागमा फैलेको छ भने रोकथाम र पिडा कम हुने तरीकाबाट -Palliative care_  उपचार गरिन्छ।

रोगको नियंत्रण :

मुखको क्यान्सरलाई क्यान्सर -preventable cancer_  का रुपमा बुझिन्छ किन भने ९० प्रतिशत रोग सूर्ती जन्य पदार्थको सेवनले हुन्छ । सूर्ती जन्य पदार्थ सेवनमा नियंत्रण ल्याउन सकेमा स्वत यो रोग मा नियंत्रण हुन्छ । वर्तमान परिस्थितिमा सूर्तिजन्य पदार्थको पूर्ण रोक संभव देखिदैन तर विभिन्न नीति नियममा कड़ाई ल्याउन जरूरी देखिन्छ । सूर्तीजन्य पदार्थ सजिलै उपलब्ध हुनु, उमेरको हद नहेरी  बिक्री  गरिनु, सूर्तिजन्य पदार्थको सेवनबाट  हुने रोगको जागरूकता अभियान युवा पीढ़ी लाई लक्षित नहुनू, समाजमा सूर्तिजन्य पदार्थको सेवन नकारात्मक दृष्टिकोणले नहेरिनू जस्ता कारण अहिलेको मुख्य चुनौती हुन् । हालैमा विद्यालय केन्द्रित जागरूकता अभियानले केही राम्रो नतीजा लयाऐको देखिन्छ । समयमा रोकथाम र नियंत्रण नगरे मुखको क्यान्सर आगामी युवा पुस्तामा यो रोग धेरैको ज्यान लिने छ र यो रोग संग जोडिएको  सामाजिक र आर्थिक भार थपिनेछ । रोगलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार लिनाले रोग र उपचारको जटिलताबाट बच्न सकिन्छ । यो रोगको उपचार निम्ति चाहिनने सम्पूर्ण उपचार पद्धति स्वदेश मै उपलब्ध भएको हुनाले बिदेशमा गाएर उपचार गर्न झन आर्थिक भार थपिन्छ । अहिले अवस्थामा सूर्तिजन्य पदार्थको बिक्रीमा कडा नीति बनाउनु ,युवा पुस्तामा लक्षित जागरूकता अभियान चलाउंनु र रोगलाई पहिचान हुने सेवा सुविधा स्थानीय अस्पतालमा उपलब्ध  गराउँदा रोग सुरूको अवस्था मा पहिचान गरी  उपचार  गर्दा यस रोगलाई नियंत्रण हुने आशा गर्न सकिन्छ ।

डा.प्रभात चन्द्र ठाकुर

हेड नेक क्यान्सर रोग बिशेषज्ञ

thakurprabhat@Hotmail.com