मलेसियाका व्यावसायि फुर्बा दोर्जे द्वारा आफुपढेको बिद्यालयका गुरु संमान तथा शैक्षिक सामाग्री बितरण।

तिलोचन गौतम

क्वालालम्पुर मलेसिया मलेसियाको क्वालालम्पुरमा होटल ब्यबसाय गर्दै आउनुभका फुर्बा दोर्जे मोक्तानले आफू पढेका बिद्यालयका शिक्षक सम्मान तथा विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण गर्नुभएको छ। बकैया २ दोभान मकवानपुर मकवानपुरको कालिका माध्यमिक विद्यालय र बकैया २ कालापानी मा रहेको भुमेस्वरी प्राथमिक बिद्यालयमा आफनै उपस्थितिमा गुरुहरुको सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको हो ।

फुर्बा दोर्जे का आनुसार आफ्नो तिनै शिक्षक हरु जस्ले जीवनको अमूल्य उपहार दिनु भएको छ हो स्मरण गरौं र बिद्यालामा आध्यनरत बिद्यार्थी हरुमा सकारात्मक संदेश पुर्याउ भन्ने उदेश्यले मैले आफ्नो जन्म गाउ ठाउमा गुरु सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको हु उहाँ बताउनुहुन्छ । दुबै बिद्यालय का शिक्षकहरुले फुर्बा दोर्जेबाट आम सबैलाइ एउटा उत्प्रेरणा मिल्ने भन्दै खुसी ब्यक्त गरेका थिए।