काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ ।
नेकपाले टुग्यायो जनवर्गीय संगठनको एकता बिहिबार बसेको नेकपा सचिवालय बैठकले टुंगो लगाएको हो ।
जनवर्गीय एकता टुङ्गयाएसँगै युवाको अध्यक्ष तत्कालीन माओवादीका रामप्रसाद सापकोटाले पाएका छन् । त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् ।
त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।
प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक तोकिएका छन् ।
एमाले र माओवादीबीच एकता भएको एक बर्ष पुगेको अवसरमा भोलि शुक्रबार मदन-आश्रित स्मृति दिवसका दिन जनसंगठनको एकताको घोषणा गर्ने नेकपाको योजना छ ।




















