गत शुक्रबारदेखि रिलिज भएको अभिनेता टाइगर श्राफ अभिनित चलचित्र ‘स्टुडेन्ट अफ दी इयर २’को ३ दिने व्यापार कमजोर देखिएको छ । यो चलचित्रको वर्ड अफ माउथ कमजोर छ । यसैले, पनि यो चलचित्र लामो रेसको घोडा बन्नेमा शंका उत्पन्न भएको छ । चलचित्रले शुक्रबार १२.०६ करोडको व्यापार गरेको थियो ।
शनिबार व्यापारको उछाल केही देखियो र चलचित्रले १४.०२ करोडको व्यापार ग¥यो । आइतबार बिदाको दिन भए पनि आइपिएलको फाइनलले यो चलचित्रको व्यापारलाई घाटा लाग्यो । चलचित्रले आइतबार १२.७५ करोडको कमाइ ग¥यो । चलचित्रले ३ दिनमा ३८.८३ करोडको व्यापार गरेको छ ।
यसैले पनि चलचित्रले आजबाट व्यापारिक रप्mतारलाई कायम राख्नुपर्ने हुन्छ । तर, चलचित्रलाई दर्शकले खासै नरुचाएकाले पनि यसको व्यापार सोमबारदेखि फितलो बन्ने अड्कल लगाइएको छ ।
चलचित्रमा टाइगर श्राफको साथमा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ । यो वर्ष निर्माता करण जोहरका लागि एकपछि अर्को झट्का लागिरहेको छ । उनले बनाएको चलचित्र ‘कलंक’ बक्स अफिसमा असफल भयो भने ‘स्टुडेन्ट अफ दी इयर’को व्यापार पनि गतिलो नहुने देखिएको छ ।




















