प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

भियतनाम । प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । 

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते यहाँ आएका हुन् । 

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय  वैशाख दिवसलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीका साथ उनका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छन् ।