इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ।

अब पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ । यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो। निगमले बिहीबार पेट्रोलमा एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो।