रेल किन्न सरकारले छुट्यायो ८४ करोड

काठमाडौं । सरकारले रेल खरिदका लागि बजेट छुट्याएको छ । यसअघि विभागलाई दिएको रकम अपुग भएसँगै सरकारले थप बजेट दिने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न ८४ करोड ६५ लाख बजेट छुट्याइएको हो । भारतीय सरकारी कम्पनीबाट दुई सेट रेल  किन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

रेल किन्नका लागि सरकारले यसअघि विभागलाई ५० करोड रुपैयाँ दिइसकेको थियो ।