तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
फागुन २९ बुधबार
क्वालालम्पुर मलेसिया । मानसिक संतुलन गुमाइ ब्यबहारिसे अबस्थामा मलेसियाको पेनाङमा भेटिएका पर्सा बिरगंजका नरेश पास्वान लाई जनद्वार केन्द्र मलेसियाले उद्वार गरेको छ ।
मलेसियाको सेलाङ्गर केलाङ स्थित टिच फुड इनग्रेडिसन मा कार्यरत रहेका पास्वान लाई जनद्वार केन्द्र पेनाङ मलेसियाका सस्थापक रुद्र साप्कोटाले ब्यबहारिसे अबस्थामा फेला परेपछि पुनः भाग्न खोजेका पास्वान लाइ दु सेकुरेटी सर्भिस सेर बहादुर लगाएत का साथीहरू को सहयोग मा उद्धार गर्न सफल भएको जनद्वार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए।
थापाका अनुसार आफुहरुसङ मानसिक बिरामीलाई राख्न सक्ने स्रोत र साधन नभएको हुदा आज नै जनद्वार केन्द्रका सस्थापक रुद्र साप्कोटाले पास्वान लाइ दूतावास लिएर आउनुभएको र राजदूतावास क्वालालम्पुर लाई जिम्मा लगाइएको बताए।
मलेसिया स्थित राजदूताबास क्वालालम्पुरले निजका आफन्त र घर ठेगाना काम गर्ने कम्पनी पहिचान गरि पारिवारिक आबस्य सल्लाह गरि उनी कार्यरत कम्पनीको संग सहकार्य गरेर स्वास्थ्योपचार तथा स्वदेश फर्काउन सकिने कार्यबाहक राजदुत कुमार खरेलले बताउनुभयो ।

















