निर्मला हत्या प्रकरण : एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना विरुद्व जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् भने दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले निर्दोषालाई यातना दिएको भन्दै जाहेरी दिएका थिए।

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकैको उखुवारीमा शव भेटिएको थियो।