काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न भनेकाछ ।
राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो।
अब उनले साधारण तारेखमा रही मुद्दा खेप्न पाउने भएका छन्।



















