३७ औ मगर दिबसको अबसरमा नेपाल मगर संघ मलेसिया क्षेत्रीय साखा पेनाङ द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
“मगर संघ को ३७ औ मगर दिबस सन्सार भर भब्यता को साथ मनाऔ”।”मगर गाउँ बस्ती बस्ती मा मगर संघ पुर्याउ “। भन्ने मुल नाराको साथ नेपाल मगर संघ मलेसिया का केन्द्रिय बरिस्ठ उपाध्यक्ष बेग आले मगर को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो ।
कार्यक्रमको अतिथि मा केन्द्रिय सचिब राम प्रसाद पुन,जन उद्दार केन्द्र का उपाध्यक्ष आकाश श्रेष्ठ , अन्तर्राष्ट्रिय थारु सेवा समाज क्षेत्रीय कमिटी पेनाङ का अध्यक्ष प्रम चौधरी ,किरात याक्खा साखा मलेसिया केन्द्रिय सह सचीव केबल कुरुङ राई,सिटिएक्सप्रेस मणि ट्रान्सर्फमर का बिरस पुन, तमु सेवा समाज बाट मोहन गुरुङ लगाएयतको उपस्थित रहेको थियो।
कार्यक्रममा मगर संघ क्षेत्रीय कमिटी पेनाङका सदस्य हरुले आफ्नै भेषभुषामा उपस्थित भइ मगर गितमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम मा स्थानीय कलाकार डान्सर ,निशु मगर,गायक मिलन पुन,गायिका,अनु मगर ,डान्सर इन्दिरा मगर,क्रेन्जल लामा ,बसन्ती घिमिरे ,गायक तथा संगीतकार भेषराज बस्नेत ,डान्सर टेक बहादुर लुङ्गेली ले आफ्नो संगितिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए।
नेपाल मगर संघ क्षेत्रीय कमिटी पेनाङ उपाध्यक्ष श्रवण लुङ्गेलीका अनुसार कार्यक्रममा करिब १०० जना को उपस्थिति रहेको कार्यक्रम को अध्यक्षता क्षेत्रीय कमिटी अध्यक्ष युबराज राना मगर ले गरेका थिए ,भने कार्यक्रम सन्चालन संघ का सचीव देवान दुखी मगर ले गरेको थियो ।



















