नवलपरासीका लीला खत्री को मलेसियामा असमायिक निधन ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

नवलपरासी का लिला खत्रीको मलेसियामा असामायिक निधन भएको छ । लामो समयदेखी मलेसियाको सुभाङ स्थित हिरो सुपर मार्केटमा काम गर्दै आएका लिला खत्री को गत सनिवार निधन भएको हो ।काम गरेर रेस्ट गर्न समयमा खाना खाने समयमा कोठामा गएर सुतिरहेका अबस्थामा मृत फेला परेका थिए । खत्रीको मृत सव पोस्टमार्टमको लागि सुङाइपुलो हस्पिटल लगिएको र रिपोर्टका अनुसार हृदयघातका कारण मृत्यु भएको पुष्टि भएको सन्दीप कुमार दाहाल ले जानकारी दिए।

आबस्यक कागजात र कानुनी प्रक्रीया मिलाए मिलाएर दाहसंस्कारको लागी केहि दिनमै सव नेपाल फिर्ता गर्ने कम्पनी श्रोतले कामदार लाई जानकारी गराएको छ।