भारतीय गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

काठमाडौं ।  चर्चित भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा महसुश भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स–रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।