बबरमहलको टेलिकम भवनको टावरबाट एक कामदारको मृत्यु

काठमाडौं । बबरमहलको टेलिकम भवनको टावरमा काम गर्ने क्रममा खसेर एकजना कामदारको मृत्यु भएको छ ।

आइतबार भवनमा टावर जडानको तालिम लिने क्रममा वसन्तलाल राठौरको लडेर मृत्यु भएको हो । टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मृतक राठौर टेलिकमको आउट सोर्सिङ कम्पनीमा आवद्ध थिए ।