कुवेतमा धरानकी महिला एक बर्षदेखि बेपत्ता

कुवेत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी एक नेपाली चेली वेपत्ता भएकी छन्।

बिगत २ बर्ष अघि घरेलु महिला कामदारको रुपमा कुवेत आएकी धरान ६ बस्ने बसन्ति जिमी ९चौधरी० विगत १ बर्ष देखि सम्पर्क बिहीन भएकी हुन्।

नेपालमा रिता लिम्बु मार्फत कुवेतमा रहेका एजेन्ट राहुल आचार्यको रोहवरमा कुवेत आएकी बसन्ती लामा समय देखि सम्पर्क बिहीन भएपछि उनका श्रीमान् भूबन चौधरीले श्रीमती खोजिदिन नेपाली राजदूतावास कुवेत, विभिन्न संघसंस्था लगायत आम संचार माध्यम मार्फत अपिल गरेका छन्।

बेपत्ता भएकी राहदानी नम्बर (१०२६५७७१) भएकी बसन्ती चौधरी एक बर्षदेखि परिवारको सम्पर्कमा छैनन्।