तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोगका लागि चिनिया नयाँ बर्षको बिदाका दीनहरु पारेर सिटि एक्सप्रेस मनि ट्रान्सफरले आयोजना गरेको कार्यक्रम ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’बाट ३५ लाख ७१ हजार संकलन भएको छ।
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणकै लागि सहयोगार्थ कार्यक्रम मलेसियाको क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा कार्यक्रम स्थलबाट २० लाख ७१ हजार सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘रुपैयाँ सहयोग प्राप्त भएको धुर्मुस सुन्तली ले फेस्बुक पेज मा उल्लेख गरेका छन।



















