फेब्रुअरी ६ मा फ्रेन्डसिप धमाका मलका शहरमा भब्यताकासाथ हुने। तयारी अन्तिम चरणमा ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

फ्रेन्डसीप धमकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आएको छ । फ्रेन्डसीप धमाका ग्रुपले मलेसियामा आगामी फेब्रुअरीमा पनि चाइनिज नयाँको अबसर पारेर २१ औ फ्रेन्डसीप धमाका गर्ने भएको छ ।

आगामी फेब्रुअरी ६ तारीख बुधबारका दिन मलका देवान हल ओसियन महल को पछाडि पछाडी हुने उक्त कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको छ । कलाकार भिजा हल बुकिङ टिकट तथा कार्यक्रम हुने हल्मा लगाइने ब्यानर सबै तयारी अबस्थामा रहेको आयोजक कमिटिका कृष्ण भिर ले जनकारी दिए।

कार्यक्रमका लागी र हजारौं श्रमिक लाई मनोरञ्जन दिनको लागि अहिले कै चर्चित नायिका बेनिसा हमाल , चर्चित नायक बिराज भट्ट ,लोक गायिका सरु थापामगर ,हास्य कलाकार /जादुगर सेर बहादुर गुरुङ ,गायक कृष्ण काफ्ले गायक प्रकाश राई,हास्यकलाकार गिता नेपाल र गायिका बबिता राई आउने भएका छ्न ।

कार्यक्रम मा स्थानीय कलाकार ले समेत भरपुर मनोरञ्जन दिने उक्त कार्यक्रम फ्रेन्ड सीप धमाका मलका का कार्यक्रम आयोजक कृष्ण भिर ले जानकारी दिए। कार्यक्रम लाई थप सहज बनाउन कृष्ण घोरासैनी, नीर तामाङ ,युबराज थापा ,जो जो मगर,बेनि मगर ,जनक मल्ल,ग्याबिन्द्र चाम्लिङ ,ढकमती लम्साल ले सहयोग गर्ने भएका छ्न।