शेर साङबो शेर्पा
सौल, दक्षिण कोरिया । अनाथ बालबालिकाको शिक्षामा सहयोग गर्न गोर्खाली युवा समूह दक्षिण कोरियाले डान्स पार्टी आयोजना गर्ने भएको छ।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत २५ जना नेपाली युवाहरु मिलेर काठमाडौँको गोकर्ण स्थित संयुक्त आपांग एकता आवाज केन्द्रलाई आर्थिक सहयोग गर्ने उदेश्यले नेपाली गोर्खे गाईस ईभेन्ट लाइभ म्युजिक डान्स पार्टी आयोजना गर्न लागेको हो।
उक्त डान्स पार्टी कोरियाको राजधानी सौल खंबोग्गु मिआदुङ्गको फग्थुरी होटेल मियासागारीमा आयोजना हुने कार्यक्रम संयोजक आयुस गुरुङ्गले बताए।
.jpg)
नेपाली गोर्खे गाईस ईभेन्ट लाइभ म्युजिक डान्स पार्टीमा थप मनोरञ्जन दिन नेपालबाट गायक अल्मोडा, दावा तामाङ, विकास, गाईका निलिमा थापा मगर र डिजे सी मेन जस्ता चर्चित कलाकार हरु ले प्रश्तुति दिने आयोजक कमिटि ले बताए।
नेपाली गोर्खे युवा समूहद्वारा सहयोग गर्न लागेको संयुक्त आपाङ्ग एकता आवाज केन्द्रमा ४५ जना अनाथ बालबालिका हरुले सरणलिई रहेका छन् भने अनाथ आश्रमको व्यवस्थापन तिल बहादुर कार्कीले गर्दै आएका छन्।
.jpg)
डान्स पार्टी आगामी फेवरवरी ४ तारिक साँझ साढे ७ बजेबाट सुरु हुने भएकोले कोरियावासी नेपालीहरुलाई डान्स पार्टीमा सहभागी भई भरपुर मनोरञ्जन लिन समेत कार्यक्रम संयोजक आयुष गुरुङ्गले अनुरोध गरेका छन्।



















