काठमाडौं । नेपाल नेशनल हस्पिटल र माछापुछ«े बैंकबीच छुट सुविधालगायत विविध विषयमा सम्झौता भएको छ ।
नेपाल नेशनल हस्पिटल र माछापुछ्रे बैंकबीच भएको सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुछ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने छन् ।
ग्राहकवर्गहरुको सहजतालाई लक्ष्ति गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र माछापुछे्र बैंकका हेड रीटेल डिपोजीट प्रतिमा पाण्डे बीच हस्ताक्षर भएको छ ।
उक्त संस्थाहरु बीच आइतबार भएको सम्झौता अनुसार माछापुछे्र बैंकका ग्राहकहरुले नेपाल नेशनल हस्पिटल द्वारा दिईने उपचार तथा अन्य स्वास्थ्य सेवाहरुमा १० देखि १५ प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्ने छन् ।
सर्वसाधारण जनताको दैनिक जीवनलाई अझै सहज बनाउन आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसंग यस्ता लाभदायक गठबन्धन गर्ने अस्पताल पक्षको दावी छ ।


















