काठमाडौं । डा.गोविन्द केसीले आजदेखि फेरि अनसनमा बस्ने भएका छन् । उनले यसपटक इलाममा अनसन सुरु गर्दैछन् ।
उनी त्यसका लागि इलाम पुगसकेका छन् । सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्न लागेको बताए ।
आज बिहानैबाट इलाममा अनसन बस्ने तयारीमा रहेका केसीले बिहान समितिको बैठक बस्ने भएपछि अनसनको समय अपरान्हसम्मका लागि सारेका हुन् ।
केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताएका छन् ।



















