मलेसियामा निधन भएका महोत्तरीका पप्पु यादवको शव नेपाल ल्याइयो, आजै अन्त्येष्टि गरिने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रोजगारीका क्रममा आकस्मिक निधन भएका महोत्तरीको औरही नगरपालिका–६ निवासी पप्पु यादवको शव ३० जुन २०२६ (असार १६ गते) राति नेपाल ल्याइएको छ।

मृतकका दाइ कालिचरण यादवका अनुसार शव आज गाउँमा पुर्‍याएर हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। पप्पु यादवको गत २६ जुन २०२६ मा मलेसियामा आकस्मिक निधन भएको थियो। उहाँ वैधानिक श्रम अनुमतिबिना (अवैधानिक रूपमा) मलेसियामा रहे पनि आवश्यक प्रक्रिया पूरा गरी छोटो समयमै शव नेपाल पठाउने कार्य सम्पन्न भएको हो।

यस दुःखद घडीमा स्वर्गीय पप्पु यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, शव स्वदेश फिर्ता गराउन आवश्यक समन्वय र सहयोग गर्नुहुने नेपाली राजदूतावास, क्वालालम्पुर परिवार तथा मृतक कार्यरत कम्पनीका कोअर्डिनेटर एवं हेल्प मधेसी मलेसियाका संस्थापक सदस्य सुशील कुमार महतोप्रति परिवारले विशेष आभार व्यक्त गरेको छ।