काठमाडौं:= चलचित्र ‘परालको आगो’ आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत लक्ष्मण सुनारको तेस्रो निर्देशकीय चलचित्र ‘परालको आगो’ आजदेखि देशभरका सिनेमाघरमा सोलो प्रदर्शनमा आएको हो । आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा संग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर बनेको सोही नामको चलचित्र हो यो ।
गीतदेखि टिजर-ट्रेलरसम्मले दर्शकमा बढाएको कौतुहलता र बलियो ‘स्टारकास्ट’का कारण चलचित्रले घरेलु बक्स अफिसमा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ । दुई घण्टा १५ मिनेट रनटाइम तय भएको यस चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । गीतदेखि टिजर–ट्रेलरसम्मले दर्शकमा बढाएको कौतुहलता र बलियो ‘स्टारकास्ट’का कारण चलचित्रले घरेलु बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट (सबै उमेर समूहले हेर्न मिल्ने) पाएको छ । २०८१ सालमा राष्ट्रिय अवार्ड जित्न सफल चलचित्र ‘बुलाकी’पछि सुनारको निर्देशनमा आएको यो चलचित्रले दुई विवाहित जोडीको कथा प्रस्तुत गरेको छ । चलचित्रलाई देशभरका सिनेमाघरहरूले पर्याप्य शोज उपलब्ध गराएका छन् ।
यो चलचित्रका लागि अब सबैभन्दा ठूलो चुनौती प्राप्त शोजलाई अकुपेन्सीमा बदल्नु हो । त्यसका लागि चलचित्रले दर्शकीय प्रतिक्रिया सकारात्मक पाउनुपर्नेछ । चलचित्रको व्यावसायिक भविष्य पनि यसले नै निर्धारण गर्नेछ । सोलो रिलिज र शनिबार-आइतबारको विदाका कारण चलचित्रलाई व्यापारिक रूपमा भने अनुकूल अवस्था देखिएको छ ।
दुई घण्टा १५ मिनेट रनटाइम तय भएको यस चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मञ्जिला बानियाँलगायतका कलाकारको अभिनय छ । हरिॐ सिने मेकर्सका सुशील पोखरेलको लगानी रहेको यस चलचित्रमा सुशील देवकोटाले पटकथा तथा संवाद लेख्नुभएको छ ।
संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, किरण तुलाधरको पार्श्व संगीत तथा शान्ति ठटाल, सत्य-स्वरूप र प्रकाश सपुतको संगीत चलचित्रमा समावेश छ । चलत्रिचलाई नेपालभरको वितरण आर-आर फिल्मस्ले गर्दैछ । साथै डिजिटल अधिकार ओएसआरले लिएको छ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा संग्रहित कथा ‘परालको आगो’ स्कुले जीवनमा नपढ्ने र नसुन्ने विरलै नेपाली होलान् । श्रीमान्-श्रीमतीको झगडामा आधारित यो कथामा नाटकदेखि चलचित्रसम्म बनेका छन् । ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले उक्त कथामा चलचित्र बनाउनुभएको थियो । एकपटक फेरि त्यही कथा र नाममा नयाँ चलचित्र बनेको छ, जुन आज (शुक्रबार)देखि प्रदर्शन आएको छ ।




















