काठमाडौं := नेकपा (एमाले) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
आइतबार न्यायाधीशआनन्दप्रसाद श्रेष्ठको इजलासले उहाँहरूको पाँच दिन म्याद थप्ने अनुमति दिएको जानकारी दिपक कुमार श्रेष्ठले दिनुभयाे। सरकारी वकिलले उहाँहरूलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा दमन भएको थियो। सो समयमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री तथा कांग्रेस नेता लेखक गृहमन्त्री रहनु भएकाे थियाे।
आन्दोलनको क्रममा हेलचेक्राइँ गरेको भन्दै कार्की आयोगको सिफारिसको आधारमा दुई नेतालाई शनिबार बिहान ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।




















