पूर्वप्रधानमन्त्री देउवाको सम्पत्तिमाथि अनुसन्धान सुरु, पैसा जलेको घर भत्काउन रोक।

काठमाडौं := सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । अनुसन्धानको क्रममा देउवा र उहाँका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको हाे । प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने कामलाई पनि प्रहरीले रोक लगाएको छ ।

सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।देउवा परिवारले बूढानीलकण्ठमा एउटै कम्पाउण्डभित्र दुईवटा बंगला निर्माण गरेको विषयमा पनि यसअघि उजुरी परेको थियो । ‘जेन-जी आन्दोलन’का क्रममा उक्त निवासमा आक्रमण तथा आगजनी भएको थियो ।