क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय सार्वजनिक विदाको अवसरमा सोमबार एकदिन बन्द रहने भएको छ।
मिति २०८२/१२/०९ तदनुसार २३ मार्च २०२६ सोमबारका दिन हरिराया ईड उल-फित्रको अवसरमा नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ। राजदूतावासले जारी गरेको सूचनामा उल्लेख छ।
उक्त दिनमा नेपाली राजदूतावासका सम्पूर्ण कन्सुलर सेवाहरू पनि बन्द रहने सूचनामा उल्लेख छ। दूतावासका अनुसार यस दिनमा राजदूतावासमा जरुरी काम अथवा कुनै किसिमका समस्या परेमा सम्पर्कका लागि +६०१६२४७२७७७ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।




















